विदेश

उत्तर कोरियाका शासक किमको सम्पत्ति फ्रिज हुने भयो, तेल आपूर्ति पनि बन्द

उत्तर कोरियाका शासक किमको सम्पत्ति फ्रिज हुने भयो, तेल आपूर्ति पनि बन्द


काठमाडौं । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

उत्तर कोरियाले गत साता गरेको छैटौँ तथा शक्तिशाली परमाणु परीक्षणपछि रुष्ट संयुक्त राष्ट्रसंघमा आवद्ध सदस्य राष्ट्रहरुले नयाँ प्रतिबन्ध लगाउने प्रतावमा सहमती जनाएका हुन् । सुरक्षा परिषदको बैठकमा अमेरिकाले अघि सारेको नयाँ प्रतिबन्धको प्रस्तावमा सुरुमा चीन र रुसले असहमति जनाउँदै वार्ताको बाटो अपनाउन सुझाएपनि अन्तत दुवै राष्ट्रले पनि प्रतिबन्ध प्रस्तावको पक्षमा भोट दिएपछि उत्तर कोरियामाथि प्रतिबन्ध थप सशक्त पार्ने सम्बन्धी प्रस्ताव १५–० ले पारित भएको हो ।

अमेरिकाले प्रस्ताव गरेको इन्धन आपूर्ति बन्द, नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने लगायत प्रतिबन्ध प्रस्तावका केही कडा प्रावधान हटाएपछि त्यसमा सहमति जुटेको हो ।

सुरक्षा परिषद्ले प्योङयाङको महत्वपूर्ण आम्दानीको स्रोतको रुपमा रहेको कपडा र कच्चा तेल निर्यातमाथि प्रतिबन्ध लगाएको छ । यस्तै कोइला, सिसा, सि फुड लगायतमा पनि प्रतिबन्ध लगाउन सदस्य राष्ट्रहरु सहमत भएका छन् । यसअघि हिजो उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसंघले यसअघि परमाणु कार्यक्रमलाई लिए उत्तर कोरियामाथि प्रतिबन्धको बाबजुत उत्तर कोरियाले पटक–पटकको परमाणु परीक्षण तथा प्रक्षेपण गर्दै आएको छ । पछिल्लो हाइड्रोजन बमसहितको परमाणु परीक्षणपछि भने शक्ति राष्ट्रहरु झनै सशंकित भएका हुन् ।

विशेष