News

रहेनन् गीतकार बज्राचार्य

रहेनन् गीतकार बज्राचार्य

काठमाडाैं । गीतकार देव बज्राचार्यको निधन भएको छ।

स्वासप्रश्वास, प्रोस्टेट ग्रन्थि लगायत समस्याबाट ग्रस्त ६४ वर्षीय बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

बज्राचार्यको रचनामा अरुणा लामा, मीरा राणा, मधु क्षेत्री लगायत गायक गायिकाले स्वर दिएका छन् । उनको एक्लै बस्दा सधैं मलाई, ‘प्रिय तिम्रो मुहारमा लगायत गीत निकै लोकप्रिय छन् ।

बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । उनी संगीतकार न्हू बज्राचार्यका काका हुन् ।

विशेष