विदेश

बाबा रामरहिमको रसलिलाका लागि विषकन्याको प्रयोग हुने गरेको खुलासा

बाबा रामरहिमको रसलिलाका लागि विषकन्याको प्रयोग हुने गरेको खुलासा


एजेन्सी । दुई महिलामाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय पाएका बाबा राम रहिमका बारेमा दिनप्रतिदिन गोप्य रहस्य खुल्दै गएका छन् ।  जेलको हावा खाई रहेको करोडौंका मालिक बाबा रामरहिम सेक्सका एडिक्ट रहेको डाक्टरले खुलासा गरेका छन् । उनी अहिले विरामी परेका छन् ।

पछिल्लो समय महिलामाथि यौन शोषण गर्नमा विषकन्याको समेत हात रहेको कुरा बाहिरीएको छ । सुन्दर युवतीलाई बाबाको गुफासम्म पुराउन ती विषकन्याको हात रहने गरेको खुलासा भएको हो । डेरामा बस्ने युवतीमध्ये सुन्दर युवतीलाई बाबाको ओछ्यानसम्म पुर्याउने, युवती तयार पार्ने तथा तथा बाबाको खानपिन देखि कपडासम्मको व्यवस्थाका लागि ती युवतीको हात रहने गरेको अनुसन्धानले देखाएको छ ।

डेरामा प्रवेश गर्ने हरेक युवतीमाथि विषकन्याको नजर रहने गरेको त्यहाँका एक अनुयायीले बताएका छन् । उनका अनुसार नपढेका र देख्दा सुन्दर युवतीलाई डेरामा खाना बनाउन देखि मञ्चमा पुगेर मनोरञ्जन दिनेसम्मका काम दिइन्थो ।

त्यसमध्ये अति सुन्दर युवतीलाई दोस्रा साधु युवतीदेखि टाढा राखेर बाबाका लागि तयार गरिदै आइएको थियो । सुन्दर युवतीलाई विषकन्याले यस्तो गल्र्स होस्टलमा राखिदिन्थे जहाँ बाबाको गुफाको सिधा होस ।

जुन कामका लागि पिताजीकी माफी भन्ने कोडभाषा प्रयोग गरिदै आइएको थियो ।

विशेष