सरकारले गुण्डा लगाएर हाम्रा कार्यकर्ता कुट्दै छ : एमाले

सरकारले गुण्डा लगाएर हाम्रा कार्यकर्ता कुट्दै छ : एमाले

काठमाडौं । नेकपा एमालेले पछिल्लो समय एमाले कार्यकर्तालाई आतंकित पार्ने कुटपिट गर्ने आपराधिक घटना भइरहेकोमा पार्टीले सरकारलाई यसबारे सचेत गराउने भएको छ ।

एमाले पार्टी कार्यालयद्वारा जारी विज्ञप्तीमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसैक्रममा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ४ का महिला सदस्य कुमारी देवी सदालाई बुधबार राती गरिएको घटनाले पार्टी पंक्तिलाई स्तब्ध बनाएको उल्लेख छ । त्यस्तै कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको भए पनि छोड्नका निम्ति दबाब आएको र यस्ता अपराधिहरुलाई आश्रय दिन सरकार लागि गरेको आरोप समेत लगाएको छ ।

त्यस्तै एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको गाडी तोडफोड गर्ने कोशिस गरेको, वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीलाई घाइते हुने गरी कुटपिट गरिएको जस्ता कार्य भइरहको यस्ता आतंकपूर्ण हर्कतहरु नगरी निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेवारी बहन गर्न मूलतः सत्ताधारीहरुको ध्यानाकर्षण गराएकाे उल्लेख छ ।

संम्बधित खबर

विशेष