विदेश

मलेसियाकाे एक विद्यालयमा आगलागी २४ को मृत्यु

मलेसियाकाे एक  विद्यालयमा आगलागी २४ को मृत्यु

काठमाडौं । मलेशियाको राजधानी क्वालालम्पुरस्थित एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुस्लिम धार्मिक विद्यालय तहफिज दारुल कुरान इत्तिफाकियाको भवनमा आज विहान आगो लागेको थियो ।

मलेशियाली अनलाइन पत्रिका मेलिशाया किनीका अनुसार २२ जना विद्यार्थी र दुई वार्डेनको मृत्यु भएको पुष्टी भइसकेको छ । त्यस्तै कम्तीमा ११ जना घाइते भएका छन् ।

मृत्यु भएका विद्यार्थीहरु १३ देखि १७ वर्ष उमेर समूहका छन् । बाहिर निस्कने ढोका भएको कोठाबाट आगो सल्किएकाले भित्र रहेका विद्यार्थीहरु भाग्न नसकेको जनाइएको छ ।

विशेष