विदेश

जापानी प्रधानमन्त्री आवेले गरे भारतमा बुलेट ट्रेनको शिलान्यास

जापानी प्रधानमन्त्री आवेले गरे भारतमा बुलेट ट्रेनको शिलान्यास


गुजरात । जापानका प्रधानमन्त्री सिञ्जो आवेले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् ।

यो योजनाका लागि जापानले १७ अर्व डलर लगानी गरेको छ । बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको बीचमा चल्नेछ ।

बुलेट ट्रेनमा ५०० किलोमिटरको यात्रा अहिलेको समय भन्दा ३ घण्टा कम हुने अनुमान गरिएको छ । यस दूरी तय गर्न अहिलेको रेलले ८ घण्टा समय लगाउँछन् ।
जापानी प्रधानमन्त्री दुई दिने भारत भ्रमणमा छन् र यी दुई देशबीच निक्कै नजिकको सम्बन्ध छ ।

७५० सीट भएको बुलेट ट्रेन सन् २०२२ अगष्टसम्म सम्पन्न भएर सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

विशेष