News

सुनको टपको लोभमा आफ्नै साथीको हत्या

सुनको टपको लोभमा आफ्नै साथीको हत्या

कञ्चनपुर । विद्यालयबाटै हराएका तिलकबहादुर चन्दको बिहीबार शव भेटिएको छ । उनलाई आफ्नै साथीले हत्या गरेको खुलेको छ ।

भीमदत्त नगरपालिका–७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय तिलक यही २५ गतेदेखि हराइरहेका थिए । उनको शव स्कुल पछाडि महाकाली नदी किनारको झाडीमा भेटिएको हो ।

उनको हत्या गर्ने १७ वर्षीय आशिष अधिकारीलाई प्रहरीले आजै नियन्त्रणमा लिएको छ । तिलकसँगै कक्षा आठमा पढ्ने आशिषले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट तिलकले कानमा लगाएको चार आना बराबरको सुनको मुन्द्रा पनि भेटिएको कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए । त्यस्तै आशिषले पनि सुनको टपको लोभमा तिलकको हत्या गरेको पनि स्वीकारेका छन् ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले कक्षा ८ मै अध्ययनरत तीन जनालाई पक्राउ गरेको छ ।

gold murder

विशेष