प्रधानसेपति क्षत्री स्वदेश फिर्ता
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री साताव्यापी क्यानडा र युएइको भ्रमण सकेर स्वेदेश फिर्ता भएका छन् ।
नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति राजेन्द्र क्षत्री अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डको संयुक्त तत्वावधानमा क्यानडाको भिक्टोरियामा१९ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुका सेना प्रमुखहरुको बार्षिक सम्मेलन भाग लिई तथा भाद्र २३ गतेदेखि २७ गतेसम्म संयुक्त अरब ईमिरेट्सका सेना प्रमुखको निमन्त्रणमा संयुक्त अरब ईमिरेट्सको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वेदश फिर्ता भएका छन् ।
प्रधान सेनापति श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री बलदेव राज महतले स्वागत गरेका थिए ।
नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।