विदेश

लन्डनमा फेरि आतंकवादी हमला, बम विस्फोटमा २२ घाइते

लन्डनमा फेरि आतंकवादी हमला, बम विस्फोटमा २२ घाइते

लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतङ्कवादी घटना’ भनेको छ । 

“पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान ८ः२० बजे रेलमा सुतली वम विस्पोट गराइएको छ,” प्रहरीको प्रतिआतङ्कवाद प्रमुख मार्क रोलेले भन्नुभयो ।ट्वीटर प्रयोगकर्ता ऋग्सले रेलभित्र रहेको एउटा सेतो बाल्टिन विस्पोटका कारण पग्लिएको अवस्थाको तस्वीर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “पारसन्स ग्रीन डिस्ट्रिक्ट लाइनको रेलमा विस्पोट भएको छ ।” 

“आगोसहितको बल रेलभित्र फालिएपछि हामी ढोकाबाट बाहिर हामफाल्र्यौँ,” उहाँले बताउनुभयो । राष्ट्रिय स्वास्थ्य सेवा विभागले घटनामा १८ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको छ । रोलेका अनुसार अस्पताल पुगेका प्राय घाइतेको आगोको ज्वालाले डढेका शरीरका अङ्को उपचार भइरहेको बताउनुभयो । लण्डनको एम १५ गुप्तचर सेवाका अधिकारीलेले अनुसन्धान अघि बढाएको छ । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले आफू घाइतेको पीडामा दुःख बाँड्न चाहेको भन्दै घटना पश्चात मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको छ ।

विशेष