दुर्घटनामा सत्र घाइते

हेटौँडा । चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३२३५ नंं को यात्रु बससँग हेटौँबाट नारायणगढ जाँदै गरेको ना ३ ख ४८८४ नंंको ट्रक आज अपराह्न हेटौँडा–नारायणगढ सडकखण्डको रजैयामा ठोकिँदा १७ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेटौँडास्थित चुरेहिल अस्पतामा उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले जानकारी दिए । अन्य घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।