विदेश

लस्कर ए तोइवाका कमाण्डर मारिए

लस्कर ए तोइवाका कमाण्डर मारिए


श्रीनगर । भारतको काश्मिर क्षेत्रमा सक्रिय लस्कर ए तोइवा नामक विद्रोही समूहका अवु इश्माइल तथा उनका सहयोगीको कारबाहीका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय सेना र उक्त लडाकू समूहबीच श्रीनगरको बाहिरी क्षेत्र आरिगाम नवगाम क्षेत्रको ग्रामीण इलाकामा भएको झडपका क्रममा लस्कर ए तोइवाका प्रमुख कमाण्डर इश्माइल तथा उनको सहयोगीको मृत्यु भएको प्रहरीका स्थानीय प्रवक्ताले बताए ।

प्रहरीका अनुसार इश्माइल काश्मिर क्षेत्रमा सक्रिय लडाकू समूहका विशेष खोजीको सूचीमा रहेका लडाकू कमाण्डर हुन् । उनी केही समयपहिले हिन्दु तीर्थयात्रीलाई लिएर हिँडेको बसमाथि भएको आक्रमणमा संलग्न रहेका थिए ।

प्रहरीले घटनास्थलबाट सुरक्षाकर्मीमाथिको आक्रमणमा प्रयोग भएका दुई राइफल नियन्त्रणमा लिएको बताएको छ। घटनापछि इस्माइलका समर्थकले हिंसा भड्काउन सक्ने भन्दै श्रीनगर क्षेत्रमा इन्टनेट सेवा अवरुद्ध गराइएको छ ।

सो समूहका अर्का एक उच्च कमाण्डर अबु दुजाना दक्षिणी पुल्वामामा सरकारी सुरक्षा कारबाहीमा मारिएका थिए ।

विशेष