नेपाल भारत संयुक्त सैन्य अभ्यासको प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवलपरासीस्थित श्री नं २ वन तथा पर्यावरण गणअन्तर्गत दाउने सुरक्षा वेश तथा रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा सञ्चालन भइरहेको सैन्यअभ्यास सूर्यकिरण बाह्रौँ संस्करणको निरीक्षण गरेका छन् ।
सो क्रममा प्रधानसेनापति क्षत्रीले सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा यही भदौ १८ गतेदेखि सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यासका बारेमा जानकारी लिएका थिए ।
उक्त अभ्यासमा सहभागी फौजसँग अन्तरक्रियासमेत गरेकोसैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।