News

माफियाको जग्गा किन्न नमान्दा महानिर्देशकको पद धरापमा, माफियाको पक्षमा मन्त्री र सहसचिव पनि

माफियाको जग्गा किन्न नमान्दा महानिर्देशकको पद धरापमा, माफियाको पक्षमा मन्त्री र सहसचिव पनि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इनकर्पोरेट कम्पनीको नाममा रहेको करिब ७ विघा जमिन किन्न बजेट नछुट्टयाएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।

गत आइतबार बेलुका ५ बजे प्राधिकरणको करिब ४३ अर्ब रुपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो । सञ्चालक समितिको सदस्यसमेत रहेका मन्त्रालयका सहसचिव सुरेश आचार्य बैंठकमा उपस्थित नभएपछि कोरम नपुगी बैठक बस्न सकेन ।

स्रोतका अनुशार यती इन्कर्पोरेटेडका मालिक आङछिरिङ शेर्पाको नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि सहसचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जीतेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो । उक्त जग्गा किन्न ३ अर्बभन्दा बढी लाग्ने अनुमान छ ।
नागरिक दैनिकबाट

विशेष