News

धनुषामा कांग्रेस र एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

धनुषामा कांग्रेस र एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा धनुषाको नगराइन नगपालिका– ८ अकौरामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप भएको छ । शनिबार राति भएको झडपमा एमालेका दुई जना स्थानीय कार्यकर्ता घाइते भएका छन् । झडपमा एमाले कार्यकर्ता २१ वर्षीय इन्द्रकुमार पासवान र ४३ वर्षीय अरविन्द्र पासवान घाइते भएका छ्न् । घाइते दुबैको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेका अनुसार कांग्रेसका महेन्द्र यादव र काशिन्द्र यादवले उनीहरुलाई कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले चुनावी विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्र रुप लिँदा झडप भएको र यस विषयमा थप बुझ्ने काम भइरहेको बताए ।

विशेष