निर्वाचनको मुखैमा प्रहरी प्रमुखहरुको हेरफेर
काठमाडौं । स्थानीय तह चुनावको लागि मतदानको पूर्वसन्ध्यामा धनुषामा नयाँ प्रहरी प्रमसख पठाइएको छ । धनुषाको प्रहरी प्रमुख एसपी लालमणि आचार्यलाई प्रधान कार्यालयको आतंकवाद नियन्त्रण शाखामा तानेर त्यहाँ चक्रबहादुर सिंहलाई नयाँ प्रहरी प्रमुख बनाएर पठाइएको छ । उनले त्यहाँ पुगेर कमाण्ड पनि सम्हालिसकेका छन् ।
मतदानको पूर्वसन्ध्यामा एकाएक नयाँ एसपी पठाइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
धनुषामा यसअघि एसपी मीरा चौधरीलाई प्रहरी प्रमुख बनाइएको थियो । तर, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधीले चौधरीलाई नपठाउन आग्रह गरेपछि लालमणिको सरुवा रोकिएको थियो । त्यसपछि चौधरीलाई हेडक्वार्टरले सीआइबीमै रहन निर्देशन दिएको थियो ।