विदेश

बङ्गलादेशमा छ लाख बालबालिका विस्थापित हुने अनुमान

बङ्गलादेशमा छ लाख बालबालिका विस्थापित हुने अनुमान

कोक्सबजार (बङ्गलादेश) । यस बर्षको अन्त्यसम्ममा झण्डै छ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ । 

रोहिङ्गा समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस बर्षको अन्त्यसम्ममा त्यति ठूलो सङ्ख्यामा बाहिरिनुपर्ने अवस्था आएको सहायता समूहले जनाएको छ । 

बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस राज्यबाट अहिलेसम्म रोहिङ्गा मुिस्लम समुदायका झण्डै चार लाख जना नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

राष्ट्रसङ्घका अनुसार अहिले विस्थपित भएकामध्ये झण्डै आधा जति बालबालिका हरेका छन् । म्यान्माली नागरिक दिनहूँ लगाएर पहाडी बाटो हिँडेर पनि त्यहाँ पुग्ने गरेका छन् । 

“राष्ट्रसङ्घीय निकायहरुका अनुसार यस बर्षको अन्त्यसम्ममा विस्थापितहरुको सङ्ख्या बढेर छ लाख पुग्नेछ,” सेभ द चिल्ड्रेन च्यारिटीका बङ्गलादेश प्रमुख मार्क पिर्सले भने । 

बङ्गलादेश र सहयोगी निकायहरुले विस्थापितहरुका लागि कोक्सबजारको नजिकै खुल्ला तथा पहाडी ठाँउहरुमा शिविरको व्यवस्थापन गर्न लागिरहेका छन् । कोक्स बजार म्यानमारसँग सिमाना जोडिएको बङ्गलादेशको ठाँउ हो । 

bangladesh children

विशेष