नेपाल भारतका सैनिकको संयुक्त सैनिक अभ्यास समाप्त
काडमाडौं । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा भाद्र १८ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास इन्डो नेपाल बटालियन कम्बाइन ट्रेनिङ भाद्र ३१ गते समाप्त भएको छ ।
उक्त कार्यक्रमको रथी बलदेव राज महतले समापन गरेका छन् । प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि संचालन भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र के.सी. र भारतीय सेनाबाट महा सेनानी ललित मोहन मिश्राको नेतृत्वमा दुवै देशका करिब ६ सय नफ्रिको सहभागिता रहेको थियो ।
रथी महतले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी दुवै देशका सैनिकहरुलाई बधाई समेत दिए । साथैे सहभागी दुवै देशका सैनिकहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नु गरे । उक्त समापन कार्यक्रममा भारतीय सेनाका लेफ्टिनेट जेनेरल जगदिप कुमार शर्माको समेत सहभागीता रहेको थियो ।