News

भोटिङ भइरहेको बेला रौतहटमा हवाइ फायर

भोटिङ भइरहेको बेला रौतहटमा हवाइ फायर

रौतहट । दलका प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयले उग्ररुप लिएपछि रौतहटको मौलापुर नगरपालिकास्थित गमहरिया मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाइ फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

दलका प्रतिनिधिलाई सम्झाउँदा सुरक्षाकर्मीमाथि उल्टै जाइलागेपछि झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाइ फायर गरेको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिएका थिए । तर उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि यो स्थिति आएको हो ।

हवाइ फायरपछि भिड तितरबितर भएको थियो । मतदान पनि प्रभावित बनेको थियो । तर घटनाको करिब १० मिनेटपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको छ ।

विशेष