विदेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ पत्नी लाहोरको मुख्य मन्त्री बन्ने पक्का

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ पत्नी लाहोरको मुख्य मन्त्री बन्ने पक्का

काठमाडौं । पाकिस्तानको लाहोरमा भएको उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी कुलसुम नवाज विजयी भएकी छिन् ।

अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसुम भारी मतले विजयी भएकी हुन् । मतगणनामा कुलसूम नवाजले आफ्ना निकटतम् प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी हुन् ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।

विशेष