News

प्रधानन्यायाधीश पराजुली अठार दिने विदेश भ्रमणमा

प्रधानन्यायाधीश पराजुली अठार दिने विदेश भ्रमणमा


काठमाडौं । एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशको सम्मेलनमा सहभागी हुन प्रधानन्यायाधीश गोपाल पराजुली आइतबार जापान गएको सर्वोच्च अदालतले जनाएको छ ।

सम्मेलन सोमबारबाट टोकियोमा सुरु भएको छ । सम्मेलनमा प्रधानन्यायाधीश पराजुलीले न्यायिक क्षेत्रमा भएका विकास लगायतका बारे अनुभव आदान–प्रदान गर्ने सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

रुस र बेलायतको भ्रमणपछि प्रधानन्यायाधीश पराजुली आगामी असोज १८ गते मात्र स्वदेश फर्कने छन् । पराजुलीको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई कायम मुकाय प्रधानन्यायाधीश तोकिएको छ ।

विशेष