News

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसँग विदाई भेट

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसँग विदाई भेट


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सो भेटमा मुलुकको समसामयिक परिस्थितिबारे कुराकानी भएको बुझिएको छ ।  राष्ट्रपतिको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री देउवाको आगामी संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागिता सन्दर्भमा कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको भ्रमणबारे बिदाई भेट गरेकोे राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा यही असोज ३ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका जाँदै छन् ।

विशेष