मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।
जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताए ।
करिब २० वर्षपछि महापर्वकैरुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै सोमबार बिहान उनकी ४९ वर्षीया आमा गेनो देवीको मृत्यु भएपनि उनी र उनका परिवारजनले सोमबार उनको अन्तिम संस्कार गरेनन् ।
सोमबार बिहान मतदान सुरु हुनुभन्दा अगाडि नै नरेशकी आमाको मृत्यु भएको थियो । तर, उनी र उनका परिवारका सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने र मंगलबार बिहानमात्र आमाको अन्तिम संस्कार गर्ने भन्दै अन्तिम संस्कार गरेनन् ।
आमाको मृत्यु भएको अवस्थामा पनि नरेश र उनका परिवारका १२ जना सदस्यले सोमबार दिनभरि लाइन लागेर स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय धबौलीमा स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए ।
mahottari vote