विदेश

श्रीलङ्का चालीस बर्षमा खडेरीबाट नराम्ररी प्रभावितः राष्ट्रसंघ

श्रीलङ्का चालीस बर्षमा खडेरीबाट नराम्ररी प्रभावितः राष्ट्रसंघ

कोलम्वो । श्रीलङ्कामा सन् २०१६ को अन्त्यपछि आवश्यक बर्षा नहँुदा चालीस बर्ष यताकै सबैभन्दा नराम्रो खडेरीको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । 

लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत देखिएको छ । सेप्टेम्बरको १९ गतेसम्मको तथ्याङ्क अनुसार खडेरीका कारण विभिन्न १७ जिल्लाका १९ लाख नागरिकमा प्रभाव देखिएको श्रीलङ्काको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । 

लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत प्रत्यक्ष देखिन थालेको छ । खडेरीका कारण विगत १० बर्षमै सवैभन्दा कम धान उत्पादन हुने बताइएको छ । 

सन् २०१७ को खाद्यान्न उत्पादनले मात्रै सात महिनालाई पुग्ने राष्ट्रसंघका आवासीय संयोजकले बताए । खडेरीबाट खाद्यान्न उत्पादनमासमेत कमी आएपछि यहाँँको करिब तीन लाख मानिस खाद्यान्नको अभाव झेल्न बाध्य हुने देखिएका साथै खाद्यान्न अभावका कारण कतिपय परिवारले एक छाक खाएर बस्ने गरेको राष्ट्रसंघले जनाएको छ । 

विश्व खाद्यान्न कार्यक्रमले प्रभावित क्षेत्रको करिब ५० प्रतिशत घरपरिवारमा लिएको तथ्याङ्क अनुसार सन् २०१६ को तुलनामा उनीहरूको ऋण झण्डै दोब्बर भएको बताइएको छ । 

विगत केही हप्तामा कतिपय ठाउँमा खण्डबृष्टि हुनेगरेको भएपनि यसले तत्काल खाद्यान्न उत्पादनमा कुनै सुधार आउने सङ्केत नदेखिएको राष्ट्रसंघको अध्ययन प्रतिवेदनमा बताइएको छ । 

srilanka

विशेष