News

संविधान दिवसमा अमेरिकी राष्ट्रपतिको शुभकामना संदेश, यसो भने ट्रम्पले

संविधान दिवसमा अमेरिकी राष्ट्रपतिको शुभकामना संदेश, यसो भने ट्रम्पले


काठमाडौं । आज संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । उक्त अवसरमा संसारबाट सुभकामना आउने क्रम जारी नै रहेको छ । संसारको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले  संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गदै यसो भनेका छन् ।

प्रिय राष्ट्रपतिज्यू

यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा सबै अमेरिकी नागरिकहरूको तर्फबाट तपाईँलाई बधाई छ । यो दिन तपाईँको देशको लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन् ।

गत साल तपाईँहरूले यस महत्त्वपूर्ण दिन मनाएयता नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको छ भने लाखौँ नेपाली नागरिकहरूको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको छ । तपाईँहरूको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको छ । साथै, तपाईँहरूको अर्थतन्त्र भावी वृद्धिका लागि तयार अवस्थामा बसेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईँहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुङ्गा हो ।

हाम्रा साझा सिद्धान्तहरूप्रतिको तपाईँको प्रतिबद्धताका लागि धन्यवाद दिँदै शान्ति र समृद्धिको दिशामा नपालको जारी प्रगतिप्रतिको हाम्रो सहयोग कायमै रहेको कुरा दोर्होयाउन चाहन्छु ।

फेरि पनि यस महत्त्वपूर्ण दिनमा म तपाईँ, तपाईँको परिवार र सारा नेपालीलाई शुभकामना दिन चाहन्छु ।

भवदीय,
डोनाल्ड जे. ट्रम्प

विशेष