News

काठमाडौंमा मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु, दाङमा ट्याक्सी पल्टिएर बालिकाको ज्यान गयो

काठमाडौंमा मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु, दाङमा ट्याक्सी पल्टिएर बालिकाको ज्यान गयो


काठमाडौं । काठमाडौंको तीनकुने नजिक गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट गौशाला जाँदै गरेको बा ६१ प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।

दुर्घटनामा बालिकाको मृत्यु

यता, दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हँुदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट खबरी जाँदै गरेको रा १ ज ३३ नं ट्याक्सी खबरी खोला नजिक रहेको बेदी भन्ने ठाउँमा गएराति दुर्घटना भएको थियो । बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा ट्याक्सी दुर्घटनामा परेको बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ ।

विशेष