विदेश

मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ५० नाघ्यो

मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ५० नाघ्यो


काठमाडौं । मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ ।

७ दशमलब १ रेक्टर स्केलको भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ५० पुगेको मेस्किन विपत्त व्यवस्थापनले जनाएको छ । राष्ट्रपति इन्द्रिके पेना निटोले हज्जारौ घरहरु भत्किएका विद्यालयको अवस्था नाजुक रहेको र विद्यालय भवन भत्किएर २० जना विद्यार्थीको ज्यान गएको बताएका छन् ।

भूकम्पका कारण २ लाख मानिस बिजुली पानी र खानाबाट बच्चित भएका छन् । हज्जारौं घर भत्किएका छन् । भग्नावशेषमा अझै धेरैको ज्यान अड्किएको जनाएको छ ।

अघिल्लो महिना मात्र मेस्किकोमा ८ दशमलब १ रेक्टर स्केलको भूकम्पमा परी ९० जनाले ज्यान गुमाएका थिए ।

विशेष