८८ किलो सुन तस्करीमा संलग्न पाँच सुन व्यापारी पक्राउ
काठमाडौंको क्षेत्रपाटीबाट दुई साताअघि बरामद गरिएको ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा आयात गरिएको सुन उनीहरुमार्फत खपत हुने देखिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले सत्यनारायण अग्रवाल, गणेशदत्त बडु, सुभरत्न शाक्य, नन्दकुमार मगर र उल्लास दिनाकर सालुखेलाई पक्राउ गरेको हो । उनीहरुमाथि अवैध रुपमा सुन ओसारपसारको आरोप लागेको छ ।
महाशाखाबाट खटिएको टोलीले गत भदौ तेस्रो साता ८८ किलो सुनसहित मनोज अधिकारीलाई क्षेत्रपाटीबाट भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित पक्राउ गरेको थियो ।