News

नेपाल परमाणु हतियार निषेधित सन्धिकाे पक्षमा

नेपाल परमाणु हतियार निषेधित सन्धिकाे पक्षमा

नेपालले परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गरेको छ । बुधवार साँझ न्यूर्योक स्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन्धिमा हस्ताक्षर गरेका हुन् ।

परमाणु हतियार निषेध गर्ने सन्धिलाई यसै वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्विकारेको थियो ।

जारी राष्ट्रसंघीय महासभाको ७२ औं सम्मेलनका लागि महरा न्यूर्योकमा गएका थिए । साेही क्रममा उनले हस्ताक्षर गरेसँगै नेपाल अब परमाणु हतियार निषेधित सन्धिको पक्ष राष्ट्र भएको छ ।

nepal nuclear weapon

विशेष