विदेश

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद अदालतको ढोकामा

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद अदालतको ढोकामा

नयाँदिल्ली । दक्षिण भारतीय राज्य तमिलनाडुको सत्ताधारी दल ‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’का विभिन्न १८ जना सांसदले आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै उच्च अदालतमा निवेदन दिएका छन् ।

‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’ दलका अयोग्य ठहरिएका १८ जना सांसदले सभामुख पि।धनपालले कानून विपरीत हुनेगरी आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मंगलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् ।

सांसदहरूको निवेदन उपर सम्भवत आगामी बुधबार सुनुवाई हुने जनाइएको छ ।

‘मंगलबार अयोग्य घोषणा गरिएका सांसदका वकीलले मद्रास उच्च अदालतमा आफूमाथि लगाइएका अयोग्यको विल्लालाई रद्द गर्न निवेदन परेको छ,’ उक्त अदालतका अधिकारीले बताए । ती अधिकारीले भने ‘अदालतले यस बिषयमा सम्भवत बुधबार सुनुवाई गर्नेछ ।’

राज्यका गभर्नरलाई सांसदले लेखेको पत्रमा समेत वर्तमान मुख्यमन्त्रीले जनताको विश्वास गुमाएका दावी गरिएको छ । अयोग्य ठहर गरिएका १८ जना सांसदले नत आफूहरूले आफ्नो दल छोडेको घोषणा गरेका छन् न कुनै दलमा एकता प्रक्रियामा समाहित भएका जनाएका छन् ।

गत बर्ष आकष्मिक रूपमा उक्त दलको सर्वोच्च नेतृ जयललिताको निधन भएपछि तामिलनाडुको सत्ताधारी दलमा विभाजन देखिएको छ । 

विशेष