News

पालो मिच्ने ग्रिनकार्ड धारी पाइलटले अब विमान उडाउन नपाउने

पालो मिच्ने ग्रिनकार्ड धारी पाइलटले अब विमान उडाउन नपाउने


काठमाडौ । काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जाहको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जाहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत भदौ १२ गते भएको उक्त घटनालाई वायुसेवा निगम व्यवस्थपनले गुपचुप राखे पनि अहिले सार्वजनिक भएको छ ।

विमानस्थलस्थित ‘एयर ट्राफिक कन्ट्रोल’ टावरले अवतरण अनुपमति नदिए पनि निगमका पाइलट शेर्पाले आफूले ‘कमान्ड’गरी ल्याएको जहाजलाई जबर्जस्ती अर्को विदेशी जहाजको अवतरणमार्गमा प्रवेश गराएका थिए ।

नागरिक दैनिक

विशेष