विदेश

उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने डोनाल्ड ट्रम्मको धम्की

उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने डोनाल्ड ट्रम्मको धम्की

काडमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने धम्की दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले ‘रकेट म्यान’ किम जोङ उन आफू र आफ्नो देशका लागि आत्महत्याको अभियानमा रहेको बताएका हुन् ।

उत्तर कोरियाले आफूलाई नरोके त्यसलाई पूर्णतयाः ध्वस्त गर्नुभन्दा अर्को विकल्प आफूसँग नरहेको ट्रम्पले बताएका हुन् । उनले उत्तर कोरियाका कारण पूरै विश्व खतरामा परेको बताए ।

‘यदि अमेरिकाले आफू र आफ्नो गठबन्धनको प्रतिरक्षा गर्नुपर्ने अवस्था हामीसँग उत्तर कोरियालाई पूरै ध्वस्त पार्नुको विकल्प रहेनछैन,’ ट्रम्पले भने ।
उनले उत्तर कोरिया र इरानलाई ‘दुष्ट राष्ट्र’ को संज्ञा दिए । इरानलाई ‘भ्रष्ट तानाशाही’ को संज्ञा दिँदै इरानसँगको आणविक सम्झौता एकपक्षीय भएको आरोप लगाए । भेनेजुएलाको वामपन्थी सरकारको भर्त्सना गर्दै ट्रम्पले त्यहाँको अवस्था अस्वीकार्य भएको बताए ।

ट्रम्पले विश्वको एक हिस्सा नर्कमा पुग्ने बताए । ‘संसारको ठूलो हिस्सा द्वन्द्वमा छ,’ उनले भने, ‘वास्तवमा केही हिस्सा नर्कमै गइरहेको छ ।’
उनले अमेरिकाले अरुमाथि आफ्नो जीवनशैली नलाद्ने पनि बताए ।

महासभालाई ४१ मिनेट सम्बोधन गरेका ट्रम्पले आफूले जहिल्यै अमेरिकालाई पहिलो स्थानमा राख्ने दोर्होयाए ।

विशेष