News

यसरी खरानी भयो राईको दुइतले घर, चार जनाको ज्यान गयो

यसरी खरानी भयो राईको दुइतले घर, चार जनाको ज्यान गयो


काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरमा आगलागीका कारण एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

स्थानीय ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, ४६ वर्षीया श्रीमती पार्वता राई र ४४ वर्षीया बहिनी विष्णुमाया राईको मृत्यु भएको हो ।

विराटनगर, इटहरी र दमकको तीनवटा वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा प्रहरीले करिव दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरीले जानएको छ ।

विशेष