५० हजार डलरसहित चिनियाँ पक्राउ
रसुवागढी नाकाबाट ५० हजार अमेरिकी डलरसहित एक चिनियाँ पक्राउ परेकी छिन् ।
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान ५० हजार अमेरिकी डलर सहित पक्राउ गरेको हो । बुधबार दिउँसो रसुवागढीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी चिनिया नागरिकलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
विशेष सुराकीको आधारमा चेक जाँच गर्दा झोला भित्र लुकाइ छिपाई चीन लैजान लागेको अवस्थामा सय दरका ४ सय ३५ थान र ५० दरका १ सय ३० थान अमेरिकी डलर सहित उनलाई पक्राउ गरिएकोे प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए ।
पक्राउ परेकी चिनियाँ लिवानलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।
chinese