News

घर भाडा मनपरी बढाएकोमा उजुरी

घर भाडा मनपरी बढाएकोमा उजुरी

काठमाडौं । ललितपुरको लगनखेल नजिकै एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् ।

घरभाडा अस्वाभाविक रुपमा महँगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि सुनुवाइ नभएको उनले बताए । उनले निर्वाचित जनप्रतिनिधि आए पनि आफूहरुले अघि सारेको मागको सुनुवाइप्रति बेवास्ता गरेको गुनासो गरे ।

कोटेश्वरमा भाडामा बस्ने काभ्रेका एक युवाको पनि यस्तै गुनासो छ । उनले जनप्रतिनिधिले जथाभावी भाडा बढाउनेलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

ललितपुर महानगरपालिकाका राजस्व शाखा प्रमुख डिल्लीराज शाक्यले जनप्रतिनिधि आएपछि ऐननियम समयानुकुल परिमार्जन गर्न पहल गर्नुपर्ने बताए ।

कान्तिपुर

विशेष