विदेश

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

केन्या –  केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ । 

विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा परी अन्य १० जना बालबालिका घाइतेसमेत भएका स्थानीय सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

शिक्षा मन्त्री फ्रेड माटिङले स्थानीय समय अनुसार शुक्रबार दिउसो २ बजे आगलागी भएको थियो । नैरोबीको किबेरामा रहेको मोइ गर्लस स्कुलमा आगलागी भएको हो माटिङले बताए ।

मन्त्री माटिङले घटनास्थलको स्थलगत अवलोकन गरी घटनाका बारेमा अनुसन्धान सुरु गर्न निर्देशन दिए अनुसार अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानका लागि दुई महिना विद्यालय बन्द गर्न लागिएको उनले बताए । 

'यो निकै दुखद घटना भएको छ, यसलाई सुधार गर्न विद्यार्थीका अविभावकलाई खवर गर्न लगाएका छौं', उनले भने । 

kenya

विशेष