News

रहेनन् चित्रकार राई

रहेनन् चित्रकार राई

काठमाडौं । चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ ।
राई बुधबार राति ९ः३० बजे निधन भएको हो । उनी डेढ महिनादेखि सो रोगबाट पीडित थिए ।

राईको शव आजै विहान निवास भैँसेपाटी लगी पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।  नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य र नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष भएर काम गरिसकेका छन् । हाल आधुनिक कलाकार समाजको महासचिव थिए ।

२०७२ को भूकम्पबाट पीडित भएका कलाकारहरुका लागि ‘ललितकला हातेमालो अभियान’ सञ्चालन गरेर सेवा पु¥याएका थिए ।  

इलाममा जन्मिएका राईका श्रीमती र एक छोरा छन् र आधुनिक कलाकारका पिता मानिने लैनसिंह वाङ्देलका शिष्य रहेका राईले नेपाल, भारत, दक्षीण कोरिया, बेलायतलगायत देशमा थुप्रै पटक चित्र प्रदर्शनी पनि गरेका छन् ।

विशेष