News

सडक स्तरोन्नती गर्दा वन बिनास भएको स्थानियको गुनासो

सडक स्तरोन्नती गर्दा वन बिनास भएको स्थानियको गुनासो

दीपबहादुर घर्ती

जाजरकोट । खलंगा–पाँचकटिया सडक स्तरोन्नतिका लागि ग्राभेल गर्ने क्रममा सालका रुखहरु काटिएको भन्दै स्थानीय जनताले गुनासो गरेका छन् । खलंगा–जुम्ला सडक खण्डको रिसांङ क्षेत्रमा सडक निर्माण कम्पनीले व्यापक मात्रामा सालका रुखहरु जथाभावी काटेको र यसवारे जिल्ला वन कार्यालयमा जानकारी गराउदा पनि कुनै चासो नदिएको लामा पाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्खवहादुर कार्कीले बताए ।

नागरिक उपभोगका लागि सुकेका काठ काट्दा पनि वन मुद्धा लगाउने तर, सडक निर्माण कम्नीलाई भने, धेरै रुख काट्दा पनि कारवाहि नहुने रहस्यमय रहेको उनले बताए । सडक स्तरोन्नतिका क्रममा साना मात्र नभइ ठूला ठूला सालका रुखहरु पनि काटिएको उनले बताए । वातावरणीय प्रभाव म’ल्याङ्कण नै नगरि जथाभावी ?ख काट्दा भविस्यमा पहिरो मात्र होइन सदरमुकाम खलंगाका लागि पानीको मूल सुक्ने खतरा रहेको उनको भनाइ छ । सडक छेउका रुखहरु जथाभावी काटने काम तिव्र वने पनि वन कार्यालय लगाएतका सरोकारवाला निकाय मौन बसेको उनले बताए ।

सडक निर्माणका क्रममा रिसाङ क्षेत्रका रुखहरु काटिदा सडक नै पहिरोको ठूलो जोखिममा पर्न सक्ने खतरा रहेको अध्यक्ष कार्कीले बताए । अहिले सम्म उक्त क्षेत्रमा सय भन्दा बढी रुखहरु काटिसकिएको उनले बताए । यस वारेमा सडक निर्माणको जिम्मा लिएको राजेन्द्र जलजला कन्सट्रक्सनका प्रोप्राइटर कमल विकसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यस विषयमा सडक डिभीजन कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर आशिस थापा मगरले सानो योजनामा वातावरणीय प्रभाव मूल्याङ्कनको जरुरी नपर्ने बताए । उनले उक्त क्षेत्रमा सडक निर्माण भन्दा पनि सडक चौडा गर्ने काम भएकोले धेरै रुखहरुको क्षति पनि नहुने बताए । विकास पनि खोज्ने सामान्य क्षति पनि वेहोर्न नसक्ने स्थानीयको व्यवहार उचित नभएको प्रमुख थापा मगरले बताए ।

उता जिल्ला वन कार्यालयका प्रमुख उपेन्द्र पटटेलले रिसांगमा वन फडानी भएको वारेमा अनुसन्धान गरिने बताए । सडक निर्माण कर्ताले वातावरणीय प्रभाव मूल्यांकन गरेको नगरेको बारेमा आफूलाइ थाहा नभएको भन्दै प्रमुख पटटेलले यसबारे आफूले तत्काल कर्मचारी खटाएर वास्तविकता बुझ्न लागेको बताए । जिल्ला वन अधिकृत पवन पटटेलले स्थानीयहरुले भने जस्तो रुखहरु नकाटिएको बताए । उनले सडक निर्माण कर्ताले गल्ती गरेर रुखहरु काटेको भए कारवाहिको प्रक्रिया पनि अघि बढाइने बताए ।

विशेष