नयाँबानेश्वर बेकरी क्याफे अगाडि कारले मोटरसाइकल किच्यो, एकको मृत्यु
काठमाडौं । नयाँबानेश्वर बेकरी क्याफे अगाडि सडकमा बिहीबार राति कार र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । बा१५च ५४३१ नम्बरको कार र बा५८प १६६२ नम्बरको मोटरसाइकल जुध्दा भक्तपुर सिरुटार नगरपालिका–१ बस्ने २६ बर्षीय मन्जित राउतको मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सिरुटार नगरपालिका–१ बस्ने ३० वर्षीय सुभाष राउत गम्भीर घाइते भएका छन् । कार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार कार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।