आइजीपी अर्याललाई हटाउँदै सरकार, चन्दलाई ल्याउने तयारी
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नाममा हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ ।
नेपाल समाचारपत्र