News

राजधानीबाट २५ लाख मानिस घर फर्कदैं

राजधानीबाट २५ लाख मानिस घर फर्कदैं


काठमाडौ । यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो ।

ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु । अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो ।

अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् । पछिल्लो मतगणना अनुसार काठमडौं उपत्यकामा स्थायी बसोबास गर्नेको संख्या २५ लाख १७ हजार थियो ।

तर, विभिन्न पेसा र ब्यवसायका लागि यहाँ बसोबास गर्नेको संख्या समेत जोड्दा काठमाडौंको जनसंख्या ४० लाखभन्दा बढी हुने अनुमान छ । 

नागरिक

विशेष