News

सात लाख भूकम्पपीडितको दशैं यसपाली पनि टहरा मै

सात लाख भूकम्पपीडितको दशैं यसपाली पनि टहरा मै

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दसैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् ।

नागरिक

विशेष