यस्तो आयो पूर्वयुवराज पारस र थाई प्रेमिकाले थाइल्याण्डमा गरेको रोमान्स (फोटोसहित)

यस्तो आयो पूर्वयुवराज पारस र थाई प्रेमिकाले थाइल्याण्डमा गरेको रोमान्स (फोटोसहित)


काठमाडौं । पूर्व युवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले उनीहरूबीच भएको रोमान्सका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

कन्निकाले बिहिबार राती १०ः१४ बजे फेशबुकमा पोष्ट गरेका चार तस्बिरमध्ये दुई वटामा पारस र उनी मात्र छन् भने एउटामा कन्निकाकै साथीजस्ती लाग्ने अर्की एक महिला पनि देखिन्छिन् ।

कन्निकाले पारसकोबारेमा फेशबुकमा लेख्दै आएपनि उनीसँगको रोमान्सको तस्बिर सार्वजनिक गरेको संभवतः पहिलो पटक हो ।

थाइल्याण्डमा प्रेमिका कन्निकासँगको लफडासँगै लागू औषध कारोबारको आरोपमा पक्राउ समेत पर्न थालेपछि पारस झण्डै साढे दुई वर्षअघि २०७१ चैतमा नेपाल फर्केका थिए ।

काठमाडौँमा कन्निकासँगको प्रेम सम्बन्धमा तिक्तता आएपछि पारस नेपाल फर्केको चर्चा भएको थियो । थाइल्याण्डमा एक छोरो समेत भएकी कन्निकाले फेशबुकमा पारसकी श्रीमति हिमानीलाई समेत गाली गरेर लेख्न थालेपछि पारस र उनीबीच फेशबुकमा भनाभन समेत भएको थियो ।

संम्बधित खबर

विशेष