News

मोबाइल र कम्प्युटरमा जुटपत्ति र कलब्रेक खेल्न चाहनु हुन्छ ? यो एप्लिकेसन डाउनलोड गर्नुस्

मोबाइल र कम्प्युटरमा जुटपत्ति र कलब्रेक खेल्न चाहनु हुन्छ ? यो एप्लिकेसन डाउनलोड गर्नुस्

काठमाडौं । लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break – Spades) तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak – Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको छ । यो लिंक https://goo.gl/w1s2G2 मार्फत्तत्काल डाउनलोड गर्न सकिनेछ ।

हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो । स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ । यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (Multi Player – मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सक्नुहुनेछ ।साथै अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिनेछ ।

विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिनेछ । तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनकालागि मात्र हुनुपर्दछ ।

विशेष