दशैंमा घर जान हिँडेका यात्रु चढेको कार र ट्रक पहिरोले पुरियो
दुईको मृत्यु, अझै केही पुरिएको अनुमान
बुटबल । रुपन्देहीको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा अझै केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार पुरिएको हो ।
तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा गएको पहिरोले लु१च ७९९४ नम्बरको कार र ना३ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
पहिरो खसेपछि सडक पुनः अबरुद्ध भएको छ । बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।