विदेश

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

ढाका । बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ ।

बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिङ्ग्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ ।

केही समयका लागि रोहिङ्ग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले एएफ्पीसँग आइतबार बताए ।

शनिबार सुरक्षाको कारण देखाउदै सरकारले तत्कालका लागि मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ । बङ्गलादेशले यस पहिले नै आधिकारिक परिचय विना सिम कार्ड आफ्नै नागरिकलाईसमेत नदिन निर्देशन गरिसकेको छ ।

हामीले रोहिङ्ग्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको हुसेनले बताए । 

bangladesh

विशेष