विदेश

तालिवानका वित्तीय व्यवस्थापकको सुरक्षा कारबाहीमा मृत्यु

तालिवानका वित्तीय व्यवस्थापकको सुरक्षा कारबाहीमा मृत्यु

काबुल । अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन् । 

शनिबार राति तालिवान विद्रोहीका लडाकूले आश्रय लिँदै आएको दराए इएस जिल्लाको देउकुण्डी गाउँमा भएको सुरक्षा कारबाहीमा जुवाइर भनिने रमामुल्लाहको मृत्यु भएको छ, गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

उनी उक्त क्षेत्रका कुख्यात तालिवान नेता रहेका साथै उनको मृत्युसँगै समानगनमा क्षेत्रमा तालिवानी प्रभाव निकै कमजोर हुने गृहमन्त्रालयले जनाएको छ । 

तालिवान समूहले यसको अझै पुष्टि गरिसकेको छैन । 

Taliban

विशेष