विदेश

मेक्सिकोमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

मेक्सिकोमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प


बेइजिङ । मेक्सिकोको दक्षिणी भु–भागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६।२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ ।

मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ । गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

विशेष