अपराध सुरक्षा News

एआईजी चन्दलाई के दसा लाग्यो यस्तो, आफूभन्दा जुनियरलाई पनि ‘जय नेपाल’ भन्नुपर्ने

एआईजी चन्दलाई के दसा लाग्यो यस्तो, आफूभन्दा जुनियरलाई पनि ‘जय नेपाल’ भन्नुपर्ने

काठमाडौं । आफ्नै ब्याचका प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई हटाएर आईजीपी बन्न कसरत गरिरहेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) जयबहादुर चन्द वरीयतामा आफूभन्दा मुनीका एआईजी माधव जोशीलाई ‘जय नेपाल’ भन्दै आफूले गरेका कामको रिपोर्टिङ गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई प्रहरी महानिरीक्षक अर्यालले वरीयताक्रम मिचेर जानाजानी यो अवस्थामा पु¥याएका हुन् । 

प्रहरी महानिरीक्षक अर्याल इन्टरपोलको ८६ औं सम्मेलनमा भाग लिन शनिबार चीन जानुअघि चन्दलाई आफूलाई निमित्तको जिम्मेवारी दिने ठूलो विश्वास थियो । विश्वास यो कारण पनि थियो कि, एआईजीमा वरीष्ठतामा एक नम्बरमा रहेका बमबहादुर भण्डारी पनि आईजीपी अर्यालसँगै चीन जाँदै थिए । तर, जब आईजीपी अर्यालले निमित्तको जिम्मा एआईजी जोशीलाई दिएको खबर सुने, उनी छाँगाबाट खसेजस्तै भए । र, गृहमन्त्री जनार्दन शर्मासमक्ष असन्तुष्टि समेत पोखे ।

एआईजी चन्द महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख छन् । एआईजी जोशी भने प्रहरी मुख्यालयमा प्रशासन विभागको प्रमुख छन् । अब चन्दले आईजीपी अर्याल चीनबाट नफर्कुन्जेल आफूभन्दा कनिष्ठ एआईजी जोशीलाई ‘जय नेपाल’ भन्दै दैनिक रिपोर्टिङ गर्नुपर्ने छन् । आफूभन्दा जुनियरको आदेश उनले ‘हस् हजुर’ भन्दै पालना गर्नुपर्ने छ ।

प्रहरी महानिरीक्षक अर्याल एआईजी चन्दसँग अहिले अत्यन्तै रुष्ट छन् । सरकारले अर्याललाई हटाएर एआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरिरहेको चर्चासमेत बजारमा चलिरहेको छ । त्यसैले निमित्तको जिम्मा चन्दलाई नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चन्द प्रहरी महानिरीक्षक नियुक्त भइसकेका तर फुली लगाउन नपाएका अभागी प्रहरी अधिकृत हुन् । आफ्नै ब्याचका नवराज सिलवालले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेपछि उनको आईजीपी बन्ने सपना सपना नै बन्न पुग्यो । अन्तिममा अर्यालले बाजी मारे । तिनै अर्यालले उनलाई केही दिनका लागि पनि निमित्तमा पनि पत्याएनन् ।

विशेष