डा. गोविन्द केसीका समर्थक संसद भवन बानेश्वरबाट पक्राउ
काठमाडौं । संसद भवन बानेश्वरबाट १५ जना डाक्टर पक्राउ परेका छन् ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै उनीहरु संसद भवनअगाडि प्रदर्शन गर्न पुगेका थिए । पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा. जीवन क्षेत्री, डा अभिशेषक सिंह, आइओएमका विद्यार्थी विशद दाहाल लगायत रहेका छन् ।