हिमाल आरोहणका क्रममा बेलायती पर्यटकको मृत्यु
गोरखा । मनास्लु हिमाल आरोहणका क्रममा एक पर्यटकको ज्यान गएको छ । हिमाल आरोहणका लागि मनास्लु ‘क्याम्प ३’ मा पुगेका बेलायतका ४७ वर्षे फिलिप हार्वरको लेक लागेर ज्यान गएको हो ।
हिमालयन गाइड कम्पनीबाट फिलिपसहित ८ पर्यटक मनास्लु हिमाल आरोहणका लागि गएको कम्पनीले जनाएको छ । अहिले हिमाल आरोहणका लागि झण्डै पाँच सय पर्यटक गोरखा पुगेको चुमुनुब्री गाउँपालिका १ का स्थानीय बासिन्दाहरुले बताएका छन् ।